शुक्रबार, साउन २९, २०८३

सरकारी छाप कीर्ते गर्ने १२ जना पक्राउ

काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो राहदानी बनाई दिने प्रलोभन देखाई ठगी गरेको पाइएको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो राहदानी बनाई दिने प्रलोभन देखाई ठगी गरेको पाइएको छ। प्रहरी वृत्त कालीमाटीका अनुसार यसरी कीर्ते गरेको फेला परेपछि १२ जनालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको छ।  

पक्राउ पर्नेमा काठमाडौंको गोङ्गबु बस्ने रोल्पाका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने प्रज्वल खड्का, काठमाडौँको सामाखुशी बस्ने बागलुङका रञ्जित कार्की, काठमाडौँको मनमैजु बस्ने म्याग्दीका ३३ वर्षीय रामजी परियार, काठमाडौँको गोङ्गबुकी गोमा बजगाईँ र सोही ठाउँ बस्ने पाल्पाका जीवनकुमार श्रेष्ठ छन्। 

यस्तै काठमाडौंको गौशाला बस्ने रामेछापका ३७ वर्षीय मिठे मगर, ललितपुरका रमेश बजगाईँ, काठमाडौंको माछापोखरी बस्ने काभ्रेपलाञ्चोकका सन्दीप मैनाली, काठमाडौंको धुम्बाराही बस्ने सिन्धुलीका अभिषेक मगर, काठमाडौँको सिनामङ्गल बस्ने दैलेखका निरञ्जन तिवारी र काठमाडौंको कलंकी बस्ने धादिङका मदन तामाङ पनि पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

प्रहरीले उनीहरूको साथबाट कीर्ते गरिएका चार थान विभिन्न सरकारी कागजात, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवं निजी छाप २० थान थान बरामद गरेको छ। 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ का ५६ वर्षीय डल्ले कामीलाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा रु १८ लाख जरिवाना, पाँच दिन कैद भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत पठाइएको छ।

प्रकाशित: Mar 16, 2022| 21:40 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।