बुधबार, असार ३१, २०८३

टेलिफोन र इन्टरनेको सेवा शुल्क नबढ्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दूरसञ्चार संस्थाले बढाउने भनेको टेलिफोन र इन्टरनेट सेवा शुल्क नबढ्ने भएको छ।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले मोबाइल र इन्टरनेट सेवाको मूल्य नबढ्ने बताए। टेलिकम र इन्टरनेटमा बजेटमार्फत घोषणा गरेकै कर लाग्ने भएतापनि सेवाग्रहीको लागि भने मूल्य नबढ्ने उनले जानकारी दिए।

‘हामीले टेलिकम र इन्टरनेट प्रदायकहरुसँग मूल्य समायोजना गरेको छौं,’ उनले भने ‘सहमतीअनुसार टेलिकम र इन्टरनेट सेवमा मूल्य नबढाउने सहमती भएको हो ।’

उनकाअनुसार असारमा जति टेलिकम र इन्टरनेट सेवाको मूल्य छ अब त्यतिनै पर्नेछ। ‘सेवा शुल्कमा कुनै पनि फेरबदल हुनेछैन,’उनले थपे।  सकारले इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदल बनाइ मूल्य समायोजन गरेको मन्त्रालयको भनाइ छ।

सरकारले बजेटमार्फत इन्टरनेट सेवामा १३ प्रतिशत र टेलिकममा ११ प्रतिशतबाट कर बढाएर १३ प्रतिशत पुर्‍याएको थियो।
  
त्यसपछि इन्टरनेट र दुरसञ्चारप्रदायक कम्पनीहरुले शुल्क बढाएको थियो। बढाएको शुल्कको चौतर्फी विरोध भएपछि सरकार सेवाग्रहीले तिर्ने शुल्क घटाउन बाध्य भएको हो।
  
सेवाको शुल्क बजेटअघिकै मूल्यमा फर्केको मन्त्रालयले जानकारी दिएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।