शनिबार, साउन २, २०८३

किभमा फसे सरोगेसीबाट जन्मिएका २१ शिशु

रुसले लगातार आक्रमण गरेपघि विभिन्‍न मुलुकमा रहेका अभिभावकहरु आफ्नो शिशुलाई फिर्ता लैजानका लागि राजधानी किभ पुग्‍न डराइरहेका छन्। त्यहाँ रहेका सबै शिशुहरु विदेशी बाबुबाट जन्मिएका हुन्। युद्धका कारण उनीहरु आएर शिशुलाई लिएर जानसक्ने अवस्था छैन।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

किभ- युक्रेनको राजधानी किभको एक घरमा सरोगेसीबाट जन्मिएका करिब २१ वटा शिशुहरु फसेका छन्। रुसले राजधानी किभका पनि आक्रमण सुरु गरेपछि उनीहरुलाई कसरी जोगाउने भन्‍ने चिन्ता बढेको छ। 

एक घरमा राखिएका उनीहरु जैविक अभिभावकको पर्खाइमा रहेका छन्। उनका बाबुआमा विदेशमा बस्छन् र अहिलेको अवस्थामा युक्रेनको राजधानी पुगेर उनीहरुलाई फिर्ता लैजानु निकै कठिन छ। 

रुसले लगातार आक्रमण गरेपघि विभिन्‍न मुलुकमा रहेका अभिभावकहरु आफ्नो शिशुलाई फिर्ता लैजानका लागि राजधानी किभ पुग्‍न डराइरहेका छन्। त्यहाँ रहेका सबै शिशुहरु विदेशी बाबुबाट जन्मिएका हुन्। युद्धका कारण उनीहरु आएर शिशुलाई लिएर जानसक्ने अवस्था छैन।

ती शिशुको हेरचाह गरिरहेकी एक महिलाले भनिन्, 'यहाँ निकै डरलाग्दो अवस्था छ। यी निरिह शिशुहरुलाई हेरेर युद्ध चाँडै सकिए हुन्थ्यो भन्‍ने आशा गर्छौं।'

ती २१ शिशुमध्ये लियोनार्ड एक भाग्यमानी शिशु हुन्। उनले चाँडै आफ्नो जर्मन अभिभावकसँग नयाँ जीवन सुरु गर्दैछन्। लियोनार्डकी आमाले भनिन्, 'यहाँ निकै भयानक अवस्था छ। उ जहाँ सुरक्षित हुन्छ, हामी यसलाई त्यहीँ लगेर जान्छौं।'

उनीहरु १२ घण्टाको यात्रा गरेर लियोनार्डलाई फिर्ता लैजानका लागि राजधानी किभ पुगेका हुन्। उनका बाबुले भने, 'यो बच्चा पछि ठूलो भयो भने अहिले के-के भएको थियो, सबै यसलाई बताउने छु। हामीले यसका लागि जीवन जोखिममा राखेका छौं।' 

थाहा छैन, पछि के हुन्? - बीबीसी


प्रकाशित: Mar 16, 2022| 19:51 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।