बुधबार, असार ३१, २०८३

सरकारी वार्ता टोली केसीको अनशनस्थलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २७ दिनदेखि अनशनरत डा गविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच बिहिबार सात बुँदामा सहमति भएपछि सरकारी वार्ता टोली अनशनस्थल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेको छ। 

सहमति भएका बुँदामा डा केसीले पनि सहमति जनाएपछि उनले अनशन तोड्ने जनाइएको छ। डा केसी र सरकारी पक्षबीच मंगलबार साँझदेखि वार्ता शुरु भएको थियो। तर, यसअघि भएका दुर्इपटकको वार्तामा सहमति हुन सकेको थिएन। 

निरन्तरको अनशनले डा केसीको स्वास्थ्य निकै कमजोर बनेको छ। उनलार्इ बलपूर्वक काठमाडौं ल्याएको भन्दै स्वास्थ्य उपचारसमेत लिन मानेका छैनन्। आइतबार उनकी आमाको विशेष आग्रहमा रगत परिक्षणका लागि तयार भएका थिए। 

सरकारी र केसी पक्षबीचको वार्तामा भएका सहमति अनुमोदन गर्न केहीबेरमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।