शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी : अधिवेशन सकिएको ४ महिनापछि माओवादीले टुंग्यायो पदाधिकारी, बराल बने अध्यक्ष

लुम्बिनी : अधिवेशन सकिएको ४ महिनापछि माओवादीले टुंग्यायो पदाधिकारी, बराल बने अध्यक्ष

नेकपा माओवादीको लुम्बिनी प्रदेशको अधिवेशन सकिएको करिब ४ महिनापछि पदाधिकारी विवाद टुंगिएको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

बुटवल- नेकपा माओवादीको लुम्बिनी प्रदेश कमिटीले अधिवेशन सकिएको करिब ४ महिनापछि पदाधिकारी टुंग्याएको छ। बुधबार बसेको प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो। 

National life

बैठकले लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराललाई चयन गरेको छ। यसअघि प्रदेश कमिटी चयनमा विवाद भएपछि कमिटीमा रहने सदस्य मात्र चयन गरेर अधिवेशन सकिएको थियो।  

प्रदेश कमिटीको उपाध्यक्षमा दुर्गा थारू, लुमाकान्त न्यौपाने र बहादुर खत्री चयन भएका छन्। बैठकले कमिटी सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती विक, काशिराम यादव र कोषाध्यक्षमा निर्दोष वलीलाई चयन गरेको छ। 

बैठकले कार्यालय सचिवको जिम्मेवारी रामानन्द यादवलाई दिएको छ।

प्रकाशित: Mar 16, 2022| 15:23 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।