काठमाडौं- ३१ चोरीका घटनामा संलग्न नुवाकोट थानसीङका गणेश बहादुर सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले ककनीबाट पक्राउ गरेको छ।
२०७२ चैत्र २४ गते काठमाडौं जिल्ला अदालतले सुनारलाई दोषी ठहर गरी चौतीस लाख बहत्तर हजार पाँचसय एकानब्बे रुपैयाँ जरिवाना तोकिएका सुनार फरार थिए।
सुनारसहित ४ जना प्रतिवादीले काठमाडौंका विभिन्न स्थानबाट चोरी गरेका गरगहना आफैंले सञ्चालन गरेको पन्चकन्या ज्वेलर्समार्फत विक्री गर्दै आएको सिआईबीले जनाएको छ।
काठमाडौं जिल्ला अदालतले उनलाई कैद भुक्तानलाई केन्द्रीय कारागार सून्धारा पठाउने आदेश दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४