मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा आगलागीबाट सावधानी अपनाउन आग्रह

महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा आगलागीबाट सावधानी अपनाउन आग्रह

महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- नेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

National life

महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको छ।

आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जानकारी गराउँदै परिसरका प्रवक्ता दिनेशराज मैनालीले केही कुराहरूमा ध्यान दिनसके आगलागी नहुने र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्न सकिने बताए। त्यसैले परिसरले सावधानीका उपायबारे ११ बुँदे ध्यानाकर्षणसमेत सार्वजनिक गरेको छ। 

आगो उत्पन्न हुने सलाई, लाइटर, ग्याँस सिलिण्डर र चुल्हो बालबालिकाबाट टाढै राखी होसियारीपूर्वक प्रयोग गर्न र काम सकिएपछि सुरक्षितसाथ राख्न अनुरोध गरिएको छ। परिसरले विद्युतजन्य सामग्री (हिटर, गिजर, पङ्खा, आइरन, एसी आदि)लाई काम सकिएपछि बन्द गर्न, एउटा पावर सकेटबाट धेरै पावर चाहिने उपकरण प्रयोग नगर्न, पूजाकोठामा सिन्के र बाटेको धुप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर नछाड्न र आगलागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घस्रेर निस्कन अनुरोध गरेको छ। 

यस्तै ग्याँस सिलिण्डरमा आगो लागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिण्डरलाई घ्वाप्प छोप्न, ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए नभएको यकिन गरी प्रयोग गर्न, गाईवस्तु चरनका निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो नलगाउन, वनमा वनभोज गर्दा बालेको आगो र खाएको चुरोटको ठुटा पूर्णरूपमा निभाउन आग्रह गरिएको छ। 

Shivam cement

आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ। 

प्रकाशित: Mar 16, 2022| 10:18 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।