मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अझै अँध्यारोमा टाङ्गिया बस्ती, दुई महिनाभित्र बिजुली उपलब्ध गराउने प्रतिबद्धता

अझै अँध्यारोमा टाङ्गिया बस्ती, दुई महिनाभित्र बिजुली उपलब्ध गराउने प्रतिबद्धता

आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वयनको चरणमा पुर्‍याइएको जानकारी दिइन्।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

बारा- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताएकी छन्। आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वयनको चरणमा पुर्‍याइएको जानकारी दिइन्।

National life

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन। विमानस्थल बन्ने अवस्थामा यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो। वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका यहाँका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ।

नवलपुरको सबस्टेशन उद्घाटका लागि सर्लाही जाँदा मन्त्री भुसाल मङ्गलबार टाङ्गिया बस्तीमा समेत पुगेकी हुन्। उनले यहाँका जनताका घरमा चाँडै बिजुलीको उज्याले पुग्ने प्रतिबद्धता व्यक्त गर्दै बिजुलीको उज्यालोमा बस्न पाउनु जनताको मौलिक अधिकार भएको बताइन्।

टाङ्गिया बस्तीमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले टेन्डर गरिसकेको जानकारी गराउँदै मन्त्री भुसालले भनिन्, ‘यहाँका जनताले अब बढीमा दुई महिनाभित्र राष्ट्रिय प्रशारण लाइनको बिजुली बाल्न पाउनेछन्।’ आफ्नो अधिकार पाउनका लागि निरन्तर आवाज उठाउन सुझाव दिँदै उनले जनताको आवश्यकताअनुसार सबै क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने बताइन्। मन्त्री भुसालले भनिन्, ‘अहिलेसम्म अँध्यारोमा बसेर दुःख पाउनुभयो, अब उज्यालोमा बस्न पाउनु हुनेछ। हामी पर्याप्त विद्युत् दिन्छौँ, भान्सा, कृषि, उद्योग र सबै यातायातका क्षेत्रमा विद्युत् प्रयोग गर्नुहोस्।’

टाङ्गिया बस्तीका करिब एक हजार ५०० घरधुरीको विद्युतीकरणका लागि दुई करोड ६० लाख बजेट विनियोजन गरिएको छ। मन्त्री भुसालले बजेट अपुग भएमा थप रकमको व्यवस्था गरेर भए पनि विद्युतीकरण कार्यक्रम पूरा गर्ने विश्वास दिलाइन्। त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले बिजुली बाल्नका लागि यहाँका जनता आतुर रहेको थाहा पाएर विद्युतीकरण कार्यलाई तीव्रता दिएको बताए।

Shivam cement

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टाङ्गिया बस्तीमा बत्ती पुर्‍याउन तीन वर्षअघि नै कोसिस गरिएको भए पनि सफल हुन नसकेको स्मरण गर्दै ऊर्जा मन्त्रालयबाट भएको निरन्तरको प्रयास र पहलबाट अहिले विद्युतीकरणका लागि गाँठो फुकेको बताए। उनले भने, ‘१५ दिनको समय दिएर ठेक्का आह्वान गरिसकेका छौँ, कुनै समस्या नआएमा दुई महिनाभित्र यस बस्तीमा राष्ट्रिय प्रसारण लाइनबाट बत्ती बाल्ने गरी काम भइरहेको छ।’  रासस

प्रकाशित: Mar 16, 2022| 09:42 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।