मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव बेचबिखन मुद्दामा २२ वर्ष कैद सुनाइएका दम्पति पक्राउ

मानव बेचबिखन मुद्दामा २२ वर्ष कैद सुनाइएका दम्पति पक्राउ

मानव बेचबिखन तथा अपहरण मुद्दामा २२ वर्ष कैद सजाय सुनाइएका दम्पतिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- मानव बेचबिखन तथा अपहरण मुद्दामा २२ वर्ष कैद सजाय सुनाइएका दम्पतिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। धनुषा जिल्ला अदालतले जेल र जरिवाना सजाए तोकेका जनकपुरधाम उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया बिभा पासवानलाई प्रहरीले पक्राउ गरेको हो।

National life

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। त्यसैगरी उनकी श्रीमती बिभालाई १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

फैसला भए पश्चात फरार रहेका दुवै जनालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका-१३ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। दुबैलाई धनुषा जिल्ला अदालतमा मंगलबार नै हाजिर गराएको प्रहरीले जनाएको छ।

उनीहरूलाई कारागार कार्यालय झुम्का सुनसरीमा पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: Mar 16, 2022| 09:24 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।