शुक्रबार, साउन २९, २०८३

बदर मत न्यूनीकरणलाई मतदाता शिक्षा अभियान

सो समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान सञ्चालन गरिने भएको हो।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

पाल्पा- आगामी निर्वाचनमा दलित महिला तथा सीमान्तकृत समुदायको बदर मत न्यूनीकरण गर्न मतदाता शिक्षा अभियान सञ्चालनमा हुने भएको छ। सो समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान सञ्चालन गरिने भएको हो।

दलित महिला संघ, पाल्पा युएसएआइडी र आइइएसको सहयोगमा पाल्पामा दलित महिला तथा सीमान्तकृत समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियानअन्तर्गत ‘मेरो मत मेरो अधिकार, बन्छ सुनौलो भविष्यको आधार, आफू सिकौँ र अरु थप पाँच जनालाई पनि सिकाऔँ’ भन्ने नाराका साथ जिल्लास्तरीय सरोकारवाला निकायबीच समन्वय कार्यक्रम सम्पन्न भएको छ।

अभियानका क्रममा जिल्लाका चार स्थानीय तहमा २० अभियन्ताले मतदाता शिक्षासम्बन्धी सचेतना गर्नेछन्। पाल्पा जिल्लाको तानसेन नगरपालिका, बगनासकाली, रिब्दीकोट, रम्भा गाउँपालिकामा सञ्चालित मतदाता शिक्षा अभियानअन्तर्गत स्थानीय तहसँग समन्वय, समुदाय अभिमुखीकरण, नमूना मतदान, सडक नाटक र घरदैलो कार्यक्रम सञ्चालन गर्ने दलित महिला संघका जिल्ला संयोजक तुल्सी बुढाप्रितीले बताए।

समन्वय कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख, जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी, तथा सरोकारवाला निकायबीच छलफल सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेसका उपाध्यक्ष झपेन्द्र गहिरे, नेकपा माओवादीका मधुरा ढकाल, नेकपा एकीकृत समाजवादीका सचिव मोहन गैरे, राजमोका अध्यक्ष विशाल दर्लामीले नागरिकमा दिइने मतदाता शिक्षाका कारण बदर मत न्यून हुने बताए।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठ र निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी कल्पना पौडेलले जनप्रतिनिधि छनोट गर्ने अधिकार नागरिकको रहेकाले मतदान प्रक्रियामा बदर मत कम गर्न र गराउने अभियान सफल बनाउनुपर्ने बताए। सरकारी निकायबाट सञ्चालन गर्नुपर्ने काम दलित महिला संघबाट सञ्चालन हुनु र नागरिकलाई सचेत बनाउने काम राम्रो भएको उनले बताए।

संघका जिल्ला अध्यक्ष शान्ता गहतराजले दलित तथा सीमान्तकृत समुदायका महिला स्थानीय सरकारको नेतृत्वमा देखिनुपर्ने दलित समुदायको माग रहेको बताए। दलित महिला संघ पाल्पाका जिल्ला संयोजक तुल्सी बुढाप्रितीले आगामी निर्वाचनमा दलित तथा सीमान्तकृत समुदायका महिलाको राजनीतिक सहभागिता तथा मतदान प्रक्रियालाई थप प्रभावकारी बनाउने बताए।    रासस

प्रकाशित: Mar 16, 2022| 08:10 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।