मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुदान पाएका प्रदेशले प्रगति विवरण नपठाउँदा खानेपानीमा समस्या : मन्त्री चौधरी

अनुदान पाएका प्रदेशले प्रगति विवरण नपठाउँदा खानेपानीमा समस्या : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले संघीय सरकारले संविधान बमोजिम प्रदेश सरकारको जिम्मामा रहेका खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकारलाई सशर्त अनुदान दिए पनि त्यसको प्रगति विवरण पठाउन नसक्दा समस्या जटिल बन्दै गएको बताएका छन्।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- खानेपानी मन्त्री उमाकान्त चौधरीले संघीय सरकारले संविधान बमोजिम प्रदेश सरकारको जिम्मामा रहेका खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकारलाई सशर्त अनुदान दिए पनि त्यसको प्रगति विवरण पठाउन नसक्दा समस्या जटिल बन्दै गएको बताएका छन्।

National life

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको २६औं वार्षिकोत्सव कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मन्त्री चौधरीले मुलुक संघीयतामा गएपछि तीन तहका सरकारलाई संविधानले जिम्मेवारी निर्धारण गरेकाले प्रदेश सरकारलाई संघीय सरकारले अनुदान दिए पनि द्रूत गतिमा खानेपानीका आयोजना सम्पन्न हुन नसकेको बताए।

‘देशभरका ७७ वटा जिल्लामा कार्यालय रहेको खानेपानीका हाल २० वटा मात्र संघीय आयोजनाबाट शुद्ध खानेपानीको व्यवस्थापन गर्न मन्त्रालयलाई समस्या भएको छ’, मन्त्री चौधरीले भने, ‘मुख्य राजमार्ग, धार्मिकस्थल, तराईका हाट बजारमा शौचालय निर्माणको क्षेत्रलाई व्यापकता दिनु पर्ने जिम्मेवारी मन्त्रालयको काँधमा छ।’

एक अर्को प्रसंगमा मन्त्री चौधरीले खानेपानीको गुणस्तर परीक्षणलाई व्यापकता दिन नसक्दा निर्माण सम्पन्न भएका देशभरका ६ सय होभरहेड टैंकीमध्ये करिब ४ वटा सञ्चालनमा नआएको बताए। सरकारले अर्बौं रुपैयाँ लगानी गरेका आयोजनामा ३० प्रतिशतसम्म श्रमदान गर्नै पर्ने प्रावधानले आयोजना पुरा हुन नसकेको उनले बताए। 

श्रमदान गर्नै पर्ने प्रावधानलाई हटाउने प्रक्रियामा सरकार लागेको मन्त्री चौधरीले विगत २६ वर्षदेखि ग्रामीण क्षेत्रका २८ लाख समुदायलाई खानेपानीको सुविधा प्रदान गर्न सकेको समितिलाई लगानी गर्दै आएको विश्व बैंकले हात झिके पनि सरकारले स्रोत सुनिश्चित गरेर पानीको मुहान र स्रोत संरक्षणको जिम्मेवारी समितिलाई दिने बताए। 

Shivam cement

खानेपानीको गुणस्तर परीक्षण र खुल्ला दिशामुक्त क्षेत्रको दिगोपनका लागि समितिलाई जिम्मेवारी दिन सकिने भन्दै मन्त्री चौधरीले एक घर एक धाराको सरकारको नीतिले र लक्ष्य पुरा गर्न समितिले खेलेको भूमिका सह्रानिय रहेको बताए।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले कोषले विगत २६ वर्षमा आधारभूत र ग्रामीण क्षेत्रका एक लाख ८८ हजार घरधुरीका परिवारलाई तीन हजार तीन सय ४३ आयोजना सम्पन्न गरी खानेपानीको सुविधा प्रदान गरेको बताए। 

सचिव आचार्यले एक सय ३७ वटा शौचालय निर्माणका आयोजना सम्पन्न गरी कोषले काम गरेको भन्दै प्रत्येक नगरपालिकामा ढल व्यवस्थापन आयोजना सञ्चालन गर्न कोषलाई जिम्मेवारी दिने बताए। 

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले कोषले ३६ सय खानेपानी आयोजनाबाट ग्रामीण क्षेत्रका २८ लाख नागरिकलाई शुद्ध खानोपानीको व्यवस्था गरेको भन्दै वित्त व्यवस्थापन गरेर भए पनि कोषलाई निरन्तरता दिनु पर्ने बताए।

मन्त्रालयकी सहसचिव मिना श्रेष्ठले दातृ निकायको सहायतामा परनिर्भर हुँदा कोष बन्द हुने अवस्थामा आएको भन्दै आफ्नै स्रोत, योजना र कार्यक्रम दीर्घकालीन रूपमा सञ्चालन गर्ने गरी व्यवस्थापन गर्नु पर्नेमा जोड दिए।

कोषका कार्यकारी निर्देशक सञ्जयकुमार मिश्रले खानेपानी र सरसफाइको लागि सरकारले लिएको लक्ष्यलाई पुरा गर्न कोषले जिम्मेवारी पुरा गरेको भन्दै विश्व बैंकले सहायता दिन छाडेपछि कोषमा आर्थिक स्रोत ज्यादै न्यून भएको बताए।

प्रकाशित: Mar 16, 2022| 07:28 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।