मंगलबार, असार ९, २०८३

सुरु भयो रुपाली होलीको रौनक

को पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा आजदेखि सुरु गरेका छन्।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

महेन्द्रनगर- पचासौँ वर्षदेखि एउटा गाउँका नागरिकले परम्परागत शैलीमा मनाइने होलीलाई अझै निरन्तर बनाएको छन् भन्दा आश्चर्य लाग्न सक्छ, तर त्यो यथार्थ र होलीको गर्विलो इतिहास डडेल्धुराको रुपालीले कायम राखेका छन्। वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा आजदेखि सुरु गरेका छन्।

National life

विसं २०१८ देखि हालसम्म कञ्चनपुर र कैलालीलगायत मुलुकका विभिन्न ठाउँमा बसाइ सरेका डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालका स्थानीयवासी बसाइसँगै त्यहाँको परम्परागत पर्वलाई पनि मनाउँदै आएको रुपाली समुदायका अगुवाको भनाइ छ। होटल व्यवसायी संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष केशवसिंह जोराले आफूहरुले लामो समयदेखि रुपाली होली मनाउँदै आएको बताए।

‘पञ्चायतकालमा समेत रुपाली होलीलाई तत्कालीन अञ्चलाधीशको कार्यालयमा स्थान दिइन्थ्यो’, उनले विगत सुनाउँदै भने, ‘अहिले पनि हाम्रो समुदायमा युवा पुस्ताले पनि होलीलाई भव्यरुपमा मनाउँछन्।’ भव्यरुपमा यो पर्व मनाउँदै आएको भीमदत्तनगरका स्थानीय अजुर्नदेव जोशीले जानकारी दिए।

उनले आफ्नो परम्परा, संस्कृतिको जगेर्ना र युवा पिँढीलाई आत्मसात् गर्न होली रुपाली समुदायको घर-घरमा पुगेर मनाउने गरेको बताए। ‘हाम्रो होली मित्रताको भावनाअनुसार खेलिन्छ’, उनले भने, ‘धार्मिक महत्व रहेकाले होलीमा मदिरालगायतका मांशाहारी खाना बन्देज हुन्छ।’

त्यसैगरी नेपाली कांग्रेसका पूर्व पार्टी सचिव ईश्वरी जोशीले डडेल्धुराको रुपालसंगै कञ्चनपुरको महेन्द्रनगरस्थित गोवरिया, जानकी टोल, तिलकपुरका साथै कैलालीमा समेत रुपाली समुदायमा होली सुरु भइसकेको बताए। ‘यहाँ होलीमा सङ्कलन भएको रकमले वैजनाथ मन्दिरको विकासमा खर्च गर्ने गरेका छौँ’, जोशीले भने, ‘आजबाट घरघरमा पुगेर होली खेल्ने तयारी छ।’

Shivam cement

उनले अनेक चाडपर्व र कला संस्कृतिको भीडमा रुपाली होलीको पनि महत्व रहेको बताए। दशकौँदेखि महेन्द्रनगरमा रुपाली होली समिति नै बनाएर हरेक वर्ष एकादशीदेखि पूर्णिमासम्म होली मनाउँदै आएका रुपाली समुदायका स्थानीयले होलीमा सहभागी सबैको घरमा पालोपालो गरी खेल्न पुग्छन्। फागू पूर्णिमामा मनाइने होली आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको हुन्छ।

देउडाजस्तै पाइला मिलाएर खेलिने रुपाली होलीमा भगवान श्रीकृष्ण र रामको महिमा तथा चरित्रको बारेमा गुणगान गाइँन्छ। यो होलीका बेला काम विशेषले घर बाहिर गएका पनि विदा वा समय मिलाएर घर आउने गर्छन्। सुदूरपश्चिम प्रदेशमा पनि समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौर तरिकाहरु छन्।

बैजनाथ मन्दिरमा पूजा तथा अर्चना गरी सुरु भएको रुपाली होली पूर्णिमाका दिन सोही मन्दिरमा पुगेर बिर्सजन हुने जोशीको भनाइ छ। उनले महेन्द्रनगर र आसपासका क्षेत्रमा मात्रै करिब २५० परिवार रुपाली समुदायको बसोबास रहेको बताए। रुपालीको घरमा होली खेल्दा ढोला, तवलाको धुनमा भगवान्का गीत गाएर घरपिच्छे अबिर लगाउँदै पर्व मनाउने गरिन्छ। ‘बिहे र सन्तान भएको घरकाले फगुवालाई होलीका मौकामा विशेष भोजनसमेत गराउने चलन पनि छ’, जोराले भने, ‘परम्परागत होलीलाई संरक्षण एवं सम्वद्र्धनका लागि जोड दिनुपर्छ।’    रासस

प्रकाशित: Mar 16, 2022| 07:07 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।