शुक्रबार, साउन २९, २०८३

म्यादी प्रहरीका लागि भर्ना खुल्यो

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्नाका लागि सूचना जारी गरेको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्नाका लागि सूचना जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ।

उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरर्खास्त फारम बुझाउन पाइने छ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो।



प्रकाशित: Mar 16, 2022| 06:45 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।