मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘होलीलाई आपसी सद्भावलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्छ’

‘होलीलाई आपसी सद्भावलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्छ’

मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले होली पर्वलाई आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्ने बताएका छन्।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८
National life
Shivam cement

जनकपुर- मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले होली पर्वलाई आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिले आज जनकपुरधाममा आयोजना गरेको होली मिलन समारोहमा गर्दै उनले होली पर्व सामाजिक सद्भाव र भ्रातृत्वको सम्बन्धलाई प्रगाढ बनाउने पर्व भएकाले सबैले उत्साह र उमङ्गको पर्वका रूपमा मनाउनुपर्ने बताए होलीको नाममा विभिन्न किसिमका विकृति देखापरेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले होलीमा हुने विकृतिजन्य कार्यलाई रोक्नुपर्ने बताए।

होली पर्वले समाजमा रहेको भेद्भाव, कुरीति अन्त्य गरी सामाजिक सद्भाव कायम राखोस् भन्ने उनले शुभकामनासमेत व्यक्त गरे। नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रामअशिष यादव र ज्ञानेन्द्रकुमार यादव, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछानेलगायतले शुभकामना दिएका थिए। 

प्रकाशित: Mar 15, 2022| 23:20 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।