मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हटाइयो वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना

हटाइयो वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाडौं महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाडौं महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ।

National life

महानगर उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको अनुगमन समितिले अनुगमन गरी संरचना भत्काएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो। विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए।

महानगरपालिकाले राति राति काम गरेर पुरातात्विक मापदण्ड विपरीत काम गरेको सम्पदा बचाउ अभियानकर्मी गणपतिलाल श्रेष्ठले बताए। महानगर उपप्रमुख श्रेष्ठको नेतृत्वमा आज अनुगमन गरेपछि विभागका महानिर्देशक दामोदर गौतमको कार्यकक्षमा बसेको सरोकार भएका निकायको बैठकले मापदण्ड विपरीतका संरचना भत्काउने निर्णय गरेको थियो। निर्णयबमोजिम महानगरीय प्रहरी वृत्त जनसेवाको समेत सहभागितामा ती संरचना हटाइएको हो।

संरचना हटाउन युनेस्को, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतका निकायले पनि पत्राचार गरेका थिए। मापदण्ड विपरीतका संरचना निर्माणका विषयमा वसन्तपुर दरबार क्षेत्रका चारवटै वडा र महानगरपालिकाकै हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई जानकारी गराइएको थिएन।

प्रकाशित: Mar 15, 2022| 21:50 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।