शुक्रबार, साउन २९, २०८३

किशोरी बलात्कार अभियोगमा होटल सञ्चालक पक्राउ

होटलमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले होटल सञ्चालकलाई पक्राउ गरेको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

भक्तपुर- होटलमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले होटल सञ्चालकलाई पक्राउ गरेको छ। 

किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ पुरानो ठिमीमा खाजा पसल सञ्चालन गर्दैआएका २८ वर्षीय प्रदीप मल्ल ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।  

ठकुरीलाई आजै अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 15, 2022| 21:25 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।