बुधबार, असार ३१, २०८३

कारोबार बढ्दा पनि नेप्सेमा गिरावट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- झिनो अंकले नेप्से घटेको छ। बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ३.१५ अंक घटेर एक हजार १९१.२० बिन्दुमा पुगेको छ। नेप्से बजारमा  आएका अधिकांश समूहरुको परिसूचक घट्दा नेप्से बजारमा गिरावट आएको हो।

बुधबार नेप्से परिसूचक ४.९२ अंक घटेर एक हजार १९४.३५ विन्दुमा पुगेको थियो भने कारोबार १६ करोड ६१ लाख ६७ हजार ४३० रुपैयाँको मात्रै भएको थियो।

बिहीबार शेयर बजारमा आएका १६३ कम्पीहरुको ३ हजार ४९१ शेयर ७  लाख ९२ हजार ५५ पटक खरिद बिक्री भएको छ। उक्त खरिदबिक्रीबाट १९ करोड ३० लाख २८ हजार १२४ रुपैयाँ बराबरको  कारोबार भएको छ।

त्यस्तै ‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स पनि ०.७५ प्रतिशत घटेर २५०.९६ विन्दुमा पुगेको छ। होटेल र उत्पादनमुलक समूहबाहेक सबै समूहको परिसूचक रातो भएको छ ।  उत्पादन मुलक समूहको परिसूचक भने स्थिर भएको हो।

जसमा सबैभन्दा लाईफ इन्स्योरेन्सको परिसूचक ४९.०८ अंकले घटेको छ। त्यसपछि ननलाईफ इन्सोरेन्सको २७.१७  र माइक्रोफाइनान्सको परिसूचक १५.१६ अंक घटेको छ। सबैभन्दा कम अन्य समूहको परिसूचक ०.५६ अंक घटेको छ। होटेल समूहको परिसूचक भने ४४.५४ अंक बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्