मंगलबार, असार ९, २०८३

हुम्लाको अदानचुलीमा ८ महिनादेखि विद्युत् अवरुद्ध

अदानचुली ४, ५ र ६ मा ८ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८
National life
Shivam cement

हुम्ला- हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन्। अदानचुली ४, ५ र ६ मा ८ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ। 

साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन। ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन्। नहर मर्मतमा चासो नराख्दा विद्युत आयोनना सञ्चालनमा आउन सकिरहेको छैन।

उक्त विद्युतको नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले  मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ।

प्रकाशित: Mar 15, 2022| 11:16 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।