बुधबार, असार ३१, २०८३

डा केसीको उपचार गर्न चिकित्सक टोली गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले चिकित्सक टोली गठन गरेको छ । 

२७ दिनदेखिको अनशनका कारण डा केसीको स्वास्थ्य निक्कै नाजुक भएको भन्दै अस्पतालले चिकित्सक टोली गठन गरेको हो । 

डाक्टर केसीको उपचारका लागि त्रिविको सामान्य चिकित्सा विभाग प्रमुख प्राध्यापक डाक्टर प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभागकी प्रमुख प्राध्यापक डाक्टर दिव्या सिंह शाहको संयोजकत्वमा उपचार टोली गठन गरिएको हो । 

स्वास्थ्य उपचार टोलीमा डा. सुवास आचार्य, डा प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली, टेकबहादुर कार्की र गंगा थापा सदस्य छन् । 

टोलीको एक संयोजक शाह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक पनि हुन । 

केसी उपचारका लागि त्रिवि शिक्षण अस्पतालले गरेको निर्णय हेर्नुहोस्
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।