शनिबार, फागुन २३, २०८२

युद्धग्रस्त यमनमा खाद्यान्‍न अभाव थप चर्किँदै

युद्धग्रस्त यमनमा खाद्यान्न अभावमा परेका नागरिकको सङ्ख्या यस वर्ष पाँच गुणा बढेको संयुक्त राष्ट्र संघीय निकायहरूले सोमबार चेतावनी दिएका छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

यमन- युद्धग्रस्त यमनमा खाद्यान्न अभावमा परेका नागरिकको सङ्ख्या यस वर्ष पाँच गुणा बढेको संयुक्त राष्ट्र संघीय निकायहरूले सोमबार चेतावनी दिएका छन्। 

National life

राष्ट्रसंघीय निकायहरू खाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्टसंघीय बाल कोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले संयुक्त विज्ञप्ति जारी गरी यमनमा यस बर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको सङ्ख्या एक लाख ६१ हजारभन्दा बढी हुने प्रक्षेपण गरिएको छ। 

खाद्यान्‍न संकटको तीव्र वृद्धिलाई ‘अत्यन्तै चिन्ताजनक’ भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको उच्च स्तरीय सम्मेलनभन्दा दुई दिनअघि यो चेतावनी आएको हो। 

रूसको युक्रेनमा आक्रमणले विश्वव्यापी खाद्य आपूर्तिलाई खतरामा पार्छ भन्ने डर बढ्दै गएको समय द्वन्द्वग्रस्त यमनमा पहिल्यैदेखि रहेको खाद्य सङ्कट थप जटिल बन्ने प्रक्षेपण गरिएको हो। 

डब्ल्यूएफपी प्रमुख डेभिड बिस्लीले भने, 'यी भयानक तथ्याङ्कले हामी यमनमा विपत्तिको गन्तीमा छौं भन्ने पुष्टि गर्छ र यसबाट बच्न हामी करिब अन्तिम समयको पर्खाइमा छौं।' दाताहरूले यमनलाई खाद्य सङ्कटको माहामारीबाट जोगाउने पहल ढिलो भएमा यहाँ 'कहालीलाग्दो भोकमरी र अनिकाल' को अवस्था आउने चेतावनी उनले दिए। उनले भने, 'संकट टार्न हामीले अहिल्यै कदम चाल्नुपर्छ।'

Laxmi sunrise bank
kumari

यमन लगभग पूरै खाद्य आयातमा निर्भर छ र लगभग एक तिहाइ गहुँ आपूर्ति युक्रेनबाट आउन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ। रूसको आक्रमणपछि यूक्रेनमा जारी युद्धले 'यमनको आयातमा गम्भीर झट्का निम्त्याउने' सम्भावना छ र यसले खाद्यान्नको मूल्य अझ बढ्ने देखिएको छ। 

प्रकाशित: Mar 14, 2022| 23:30 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।