मंगलबार, असार ९, २०८३

दक्षिण एसियाली सम्मेलन काठमाडौंमा

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपाङ्गता भएका महिला, यौनिक अल्पसङ्ख्यक, सिमान्तकृतलगायत समुदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताए।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- महिलाहिंसाविरुद्धको आवाजलाई विश्वव्यापीरूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुईदिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ।

National life

काठमाडौंमा मंगलबारदेखि सुरु हुन लागेको उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्‍नेमा जोड दिइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपाङ्गता भएका महिला, यौनिक अल्पसङ्ख्यक, सिमान्तकृतलगायत समुदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताए।

उनले विगतको तुलनामा अहिले विश्वव्यापीरूपमा हिंसा बढ्नुका साथै तीनको स्वरुप पनि परिवर्तन भइरहेको बताउँदै अहिले डिजिटल प्रविधिको हिंसा, लिभिङ टुगेदर, मनोरञ्जन क्षेत्रमा काम गर्नेको पीडालगायत हिंसाको सम्बोधन हुन नसकेको विचार व्यक्त गर्नुभयो। लैङ्गीक हिसाबले भ्रुण हत्यादेखि धर्तीमा वृद्ध हजुर आमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनुपर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको अध्यक्ष पराजुलीको भनाइ थियो।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले महिला हिंसा भनेको मानव अधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तर्राष्ट्रियरूपमै कसरी सम्बोधन र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताए।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ(डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाको संयुक्त आयोजनामा हुन लागेको दुईदिने सम्मेलनले महिला हिंसा अन्त्यका लागि सिडले गर्न नसकेको व्यवस्थालाई एक महिला महासन्धिमार्फत सम्बोधन गर्नका लागि सम्बन्धित देशका सरकारलाई घच्घचाउने काम पनि सम्मलेनमार्फत गरिने डब्लुएनएफकी अध्यक्ष शशि अधिकारले बताए।

Shivam cement

यही चैत १ र २ गते हुन लागेको सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानव अधिकारकर्मी गरी विभिन्न देशका १०० जना सहभागी हुनेछन् भने सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित: Mar 14, 2022| 22:30 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।