सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगे साउदी राजकुमार

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगे साउदी राजकुमार

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ यहाँ आइपुगेका छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ यहाँ आइपुगेका छन्। 

National life

निजी विमान चढेर श्रीलंकाबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। 

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नेछन्। भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ। साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो। करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन्। 

साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्नेछन्। भोलि अपराह्न उनी स्वदेश फर्कने कार्यक्रम छ । 

kumari

प्रकाशित: Mar 14, 2022| 20:56 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।