बिहीबार, कात्तिक ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेश प्रदेशमा विपद् व्यवस्थापन गर्न प्रदेशस्तरीय सञ्‍जाल बनाइँदै

Siddartha premir insuranceSiddartha premir insurance

मधेश प्रदेशमा विपद् व्यवस्थापन गर्न प्रदेशस्तरीय सञ्‍जाल बनाइँदै

मधेस प्रदेशमा विपद् व्यवस्थापन गर्न प्रदेशस्तरीय सञ्जाल बनाइने भएको छ। पछिल्लो समय बढ्दो विपद्को घटनालाई मध्यनजर गर्दै त्यस्तो तयारी सुरु भएको हो।
 |  सोमबार, फागुन ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

जनकपुरधाम- मधेस प्रदेशमा विपद् व्यवस्थापन गर्न प्रदेशस्तरीय सञ्जाल बनाइने भएको छ। पछिल्लो समय बढ्दो विपद्को घटनालाई मध्यनजर गर्दै त्यस्तो तयारी सुरु भएको हो। 

triton college

सोमबार जनकपुरधाममा प्रदेशका सरोकारवालाहरूबीच सञ्जाल गठनका विषयमा बृहत रूपमा छलफल भएको हो। कार्यक्रममा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विपद्सँग जुध्‍न सरकारले सबैसँग सहकार्य गर्न चाहिरहेको बताए। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले हरेक स्थानीय तह र प्रदेशमा विपद् व्यवस्थापन सञ्‍जाल बनेपछि तीन तहका सरकारबीच अन्तरसम्बन्ध बढ्ने र तत्काल प्रतिकार्यमा सहज हुने विश्वास व्यक्त गरे। 

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोभिडको अनुभवका आधारमा प्रतिकार्य गर्न जिल्ला तहमा निजि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए। प्रदेश तहमा विपद् व्यवस्थापन सञ्‍जाल गठनपछि आपतकालिन अवस्थामा सामग्रीहरू भण्डारण तथा तत्काल प्रतिकार्यका लागि सहज हुने बताए। 

राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण विषयक अन्तरक्रिया युरोपेली कमिसनको आर्थिक सहयोगमा प्रयास परियोजना र एफएससीएनले आयोजना गरेको हो। एफएससीएनका कार्यक्रम संयोजक अभिषेक ओझाले कार्यक्रम सहजिकरण गरेका थिए।

Metro Mart
vianet

प्रकाशित: Mar 14, 2022| 20:34 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।