शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पुटिनलाई एलन मस्कको चुनौती - युक्रेन मामिलामा एक्लै भिड्न तयार हो?

पुटिनलाई एलन मस्कको चुनौती - युक्रेन मामिलामा एक्लै भिड्न तयार हो?

एलन मस्कको उक्त चुनौतीलाई युक्रेनी राजनीतिज्ञहरुले स्वागत गर्दै रुसको गालामा झापड प्रहार भएको बताएका छन्। किभका मेयर भिताली किलस्च्कोले मस्कको उक्ट ट्विटमा तीनवटा पाखुराको इमोजी पठाएका छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

वाशिङ्टन- अमेरिकी बिलिनियर एलन मस्कले रुसी राष्ट्रपति भलादिमिर पुटिनलाई एक्ला-एक्लै भिड्नका लागि चुनौती दिएका छन्।  उनले विजेताले नै युक्रेनको भविष्य निर्धारण गर्नेसमेत बताएङ्का छन्। 

एलन मस्कको उक्त चुनौतीलाई युक्रेनी राजनीतिज्ञहरुले स्वागत गर्दै रुसको गालामा झापड प्रहार भएको बताएका छन्। किभका मेयर भिताली किलस्च्कोले मस्कको उक्ट ट्विटमा तीनवटा पाखुराको इमोजी पठाएका छन्। 

रुसी राष्ट्रपति पुटिनले भने मस्कको उक्त चुनौतीमा कुनै प्रतिक्रिया दिएका छैनन्। रुसले युक्रेनमाथि आक्रमण थालेदेखि नै मस्कले युक्रेनको समर्थन गर्दै आएका छन्। 

यही महिनाको सुरुवाताम मस्कको क्यालिफोर्नियास्थित कम्पनीले युक्रेनलाई स्टारलिंकमार्फत इन्टरनेट पहुँच कायम राख्‍नका लागिर स्याटेलाइट डिसहरु उपलब्ध गराउने घोषणा गरेका थिए। 

रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि लगातार आक्रमण गर्दै आएको छ।  


प्रकाशित: Mar 14, 2022| 20:06 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।