मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने कोरियन नागरिक पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने कोरियन नागरिक पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने एक जना कोरियन नागरिक पक्राउ परेका छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- दक्षिण कोरिया पठाइदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने एक जना कोरियन नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ७३ वर्षीय राई सी जुङ छन्। काठमाडौं-६ महांकालबाट उनलाई सोमबार पक्राउ गरिएको हो।

National life

काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चाबहिल बस्दै आएका जुङले आफू ओके कन्सल्टेन्सीको सञ्चालक भएकाले कोरिया पठाइदिन भन्दै रकम ठगी गर्दै आएका थिए।

वेल्डिङ तालिम गराई दक्षिण कोरियामा रोजगारीमा लगाइदिने भनी उनले पीडितबाट रकम लिँदै आएको उजुरी परेसँगै उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन्। 

ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि उनलाई महानगरीय प्रहरी वृत्त, गौशाला, पठाइएको ब्युरोले जानकारी दिएको छ। 

प्रकाशित: Mar 14, 2022| 19:33 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।