शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमानको हत्या गरेको अभियोगमा ६५ वर्षीया वृद्धा पक्राउ

श्रीमानको हत्या गरेको अभियोगमा ६५ वर्षीया वृद्धा पक्राउ

श्रीमानको हत्या गरेको अभियोगमा ६५ वर्षीया वृद्धा पक्राउ परेकी छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

नवलपरासी- श्रीमानको हत्या गरेको अभियोगमा ६५ वर्षीया वृद्धा पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टा छन्। आइतबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो। 

आफ्नै श्रीमान् ६५ वर्षीय चमनसिंह भिरकट्टाको हत्या गरेको अभियोग उनीमाथि लागेको छ। श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमनसिंह घाइते भएका थिए। मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा चमनको मृत्यु भएको थियो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित: Mar 14, 2022| 17:00 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।