शुक्रबार, साउन २९, २०८३

आयोनको अध्यक्षमा विकल राई चयन

नेपाल युवा संस्था सञ्जाल (आयोन)को अध्यक्षमा विकल राई चयन भएका छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं– नेपाल युवा संस्था सञ्जाल (आयोन)को अध्यक्षमा विकल राई चयन भएका छन्। खोटाङ स्थायी घर भएका राई लामो समयदेखि युवाहरूका मुद्दामा सक्रिय रहँदै आएका छन्।

आयोनको शनिबार सम्पन्न १५ ‌औं साधारणसभाले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। आयोनमा विभिन्न भूमिका निर्वाह गरिसकेका राईले अब देशभरका युवा क्लबहरूलाई थप प्रभावकारी बनाउने गरी आफूले काम गर्ने बताए। आयोनलाई देशकै ठूलो युवा संस्थाहरुको राष्ट्रिय सञ्जालका रुपमा लिइन्छ।

साधारणसभाले संस्थाको वरिष्ठ उपाध्यक्षमा चन्दन शाह, महासचिवमा खिमानन्द देवकोटा, सचिवमा विपना शर्मा र कोषाध्यक्षमा शोभा सापकोटालाई चयन गरेको छ।

प्रकाशित: Mar 14, 2022| 15:46 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।