मंगलबार, असार ९, २०८३

प्रहरीलाई २ सय रुपैयाँ घुस अफर गरेपछि...

सिन्धुली जिल्ला मरिण गाउँपालिका-६ भुजेल चोकमा प्रायजसो प्रहरीले ड्युटी गरिरहेको हुन्छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८
National life
Shivam cement

काठमाडौं- सिन्धुली जिल्ला मरिण गाउँपालिका-६ भुजेल चोकमा प्रायजसो प्रहरीले ड्युटी गरिरहेको हुन्छ। प्रहरीको ड्युटीका 'अवैध' काम गर्नेहरुका लागि भने टाउको दुखाइको विषय बन्छ। 

आइतबार पनि प्रहरी भुजेल चोकमा ड्युटीमा खटिएको थियो। बा.१६ च ७८५१ नम्बरको बोलेरोलाई लिएर आए महोत्तरी जलेश्वर नगरपालिका-९ फुलहट्ठाका २८ वर्षीय दिपेश मण्डल। प्रहरीले जाँच गर्ने क्रममा मण्डलले सिट बेल्ट लगाएका थिएनन्। यसका लागि प्रहरीले सोधपुछ गर्न थाल्यो। यसपछि मण्डललाई प्रहरीले सोध्ने प्रश्न र त्यसपछिका संम्भावित प्रक्रिया झन्झटपूर्ण हुने अनुमान गरे सायद। 

प्रहरीलाई उनले घुसको अफर गरे। घुसमा थियो दुई सय रुपैयाँ। दुई सय रुपैयाँ घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै उनलाई प्रहरीले पक्राउ गर्‍यो। 

प्रकाशित: Mar 14, 2022| 15:29 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।