शुक्रबार, साउन २९, २०८३

बैंकिङ कसुरमा १९ लाख जरिवाना तोकिएकी राधा पक्राउ

बैंकिङ कसुरमा १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय तोकिएकी एक फरार प्रतिवादी पक्राउ परेकी छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

ललितपुर- बैंकिङ कसुरमा १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय तोकिएकी एक फरार प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-६ घर भई हाल भक्तपुर उपमहानगरपालिका-११, कमलविनायक बस्ने ४१ वर्षीया राधा माताङ्गी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राधालाई  सोमबार भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो। 

राधाले सानिमा बैंक लिमिटेड, सुर्यविनायक शाखाको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई चेक दिएकी थिइन्। तर उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै बैंकले फर्काइदिएपछि पीडितले प्रहरीमा जाहेरी दिइन्। यो विषयमा प्रहरीले पाटन उच्च अदालतमा मुद्दा चलाएको थियो। अदालतले राधालाई १९ लाख जरिवाना र ५ दिन कैद हुने फैसला २०७७ साउन २० गते सुनाएको थियो।

फैसला कार्यान्वयनका लागि पक्राउ परेकी राधालाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन्। 

प्रकाशित: Mar 14, 2022| 14:49 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।