शुक्रबार, वैशाख ७, २०८१

सर्जकलाई दुविधामा नपारौं, गाउनुपर्ने कैयौं गीत छन्

म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ। म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो, आवाज हो। विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन। मैले कसैसँग पनि यो विषयमा सहयोग–सल्लाह लिएको छैन। त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर, यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु।
 |  सोमबार, फागुन ३०, २०७८

प्रकाश सपुत

प्रकाश सपुत

सोमबार, फागुन ३०, २०७८

'पिर' प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद! सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत 'पिर'का कारण केही दर्शक स्रोतालाई मर्का परेको मैले महशुस गरेको छु। 

triton college

गीतले भन्ने चाहेको कुरा यहाँहरुलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु। 

'पिर'बाट मैले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो। समानताको लागि एकसाथ लडेका कमरेडहरुबीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो। एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हो! मलाई लागेको- यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिँदै/ पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र? स्वीकारिएको विषय होइन र? 

जसरी यसअघिका गीतहरु 'बोल माया',  'दोहोरी ब्याटल', 'गल्बन्दी', 'बदला बरिलै', 'फुटेका चुरा' , 'मेरो पनि हैन र यो देश' , 'कुरा बुझ्न पर्छ' गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें , टुक्का टिप्थें, लय हाल्थें र रेकर्ड/ छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ। 

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरु पूर्व लडाकु थिए। उनीहरु चरम निराशाबादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। 

corrent noodles
Metro Mart

प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो 'पिर'। यो बीचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें। केही पात्रहरु पढें । आम मानिसका भोगाई र संवेदनाहरु बुने  र  भिडियो बनाएँ। मेरो पेशा र पहिचान यही हो। 

म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ। म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो, आवाज हो। विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन। मैले कसैसँग पनि यो विषयमा सहयोग–सल्लाह लिएको छैन। त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर, यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन। पूरै बुझाइ आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो। प्रतीकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म  फेरि आत्मालोचना गर्छु।  

यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु।  माफि मागेको छु। अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना/ मदन छन् कि छैनन्?  सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने? सुयोगबिर र सकम्बरी कहाँ होलान्?  कहाँ होला घुम्ने मेचमाथि बसेको अन्धो मान्छे?  खैर, भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ।

भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युद्ध/ आन्दोलन/ गणतन्त्र/ स्वतन्त्रताको अपमान हुने हो कि?

म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ। म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो! आवाज हो। विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन! मैले कसैसँग पनि यो विषयमा सहयोग/ सल्लाह लिएको छैन! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर, यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु!  मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ। पक्ष/विपक्षमा एकोहोरो भइन्छ!  नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ! 

विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्वीकारिसक्नु भएको छ!  त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो।

भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ,  त्यस प्रति म फेरि पनि क्षमा चाहन्छु! यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु! कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौं! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन्! गाउनुपर्ने कयौं, गीत छन्‍! तपाईंले नै  लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्। प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस्।

(गएको शुक्रबार सार्वजनिक भएको आफ्नो गीत 'पिर' विवादमा परेपछि प्रकाश सपुतले सोमबार फेसबुकमा दिएको प्रस्टीकरण)

यस्तो छ गीत

प्रकाशित: Mar 14, 2022| 14:08 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...