शनिबार, फागुन २३, २०८२

भारतमा थप दुई हजार ५०३ कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

National life

भारतमा कोरोनाभाइरस संक्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ८७७ को मृत्यु भएको छ। तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। ती मध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या चार करोड २९ लाख ९३ हजार ४९४ रहेको समाचारमा जनाइएको छ। 

योसँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्या भने ३६ हजार १६८ रहेको अधिकारीले जनाएका छन्। सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितको ०.८ प्रतिशत रहेको समाचारमा जनाइएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ३७७ कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेको संख्या चार करोड २४ लाख ४१ हजार ४४९ पुगेको छ। भारतमा कोरोना भाइरस संख्यामण मुक्त दर ९८.७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

Laxmi sunrise bank
kumari

गत आइतबार एकै दिनमा भारतमा पाँच लाख ३२ हजार २३२ को कोरोना परीक्षण गरिएको छ। भारतमा कोरोना सुरु भएबाट हालसम्म ७७ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८० करोड १९ लाखभन्दा बढी डोज खोप लगाइएको छ।   एएनआई

प्रकाशित: Mar 14, 2022| 14:25 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।