शनिबार, फागुन २३, २०८२

किभमा आवासीय भवनमा हमला, दुई जनाको मृत्यु

यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ। स्थानीय समयानुसार सोमबार बिहान ७: ३० बजे दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

National life
Laxmi sunrise bank
kumari

किभ- युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ। स्थानीय समयानुसार सोमबार बिहान ७: ३० बजे  दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ।

अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ। नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ। भवन किभको ओबोलोनमा रहेको जनाइएको छ। 

रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण सुरु गरेको थियो। सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ। यसमा बालबालिका समेत रहेका छन्। युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन्।   एएफपी

प्रकाशित: Mar 14, 2022| 14:10 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।