सोमबार, कात्तिक ९, २०८३

प्रकाश सपुतलाई श्रवण मुकारुङको सुझाव– जिम्मेवार कलाकारले आत्मसमीक्षा गर्छ

प्रकाश सपुतको पछिल्लो गीत ‘पिर’ को म्युजिक भिडियोमा एक यौनकर्मी पात्र छिन्। जनजाति अनुहार भएकी ती पात्र वास्तविकतामा पनि पूर्व छापामार हुन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं– प्रकाश सपुतको पछिल्लो गीत ‘पिर’ को म्युजिक भिडियोमा एक यौनकर्मी पात्र छिन्। जनजाति अनुहार भएकी ती पात्र वास्तविकतामा पनि पूर्व छापामार हुन्। यही पात्रमाथि कमेन्ट गर्दै पूर्व छापामार लडाकु र केही जनजाति अधिकारकर्मी तथा कवि–कलाकारले घुमारो पाराले आपत्ति जनाइरहेका छन्। 

यसैबीच कवि तथा गीतकार श्रवण मुकारुङले प्रकाशलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। फेसबुकमा उनले भनेका छन्, ‘प्रकाश भाइको गीत हेरियो। भाइ नउचालिनु नै वेश। जिम्मेवार कलाकारले आत्मसमीक्षा गर्छ। आधा घण्टा आँखा चिम्म (ध्यान) गरेर सोच्नुहोस्। तपाईंले आफ्नो गीतको विवादित दृश्यांशको पुनर्सम्पादन गर्नुहुनेछ। तब माओवादी मित्रहरुले तपाईंलाई धम्की होइन धन्यवाद दिनेछन्। फेरि भाइरल बनाइदिने छन्। गीतसंगीतको कुरा त हामी यस्तै त हो नि ब्रो।’ 

यसैगरी कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्दाम्बेले प्रकाशलाई सामाजिक सञ्जालबाट सच्चिन सक्ने सुझाव दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समय, विषयवस्तु, सिर्जना आदिमा स्रष्टाको चेतनाअनुसारको बिम्ब प्रतीकहरु प्रयोग हुन्छन्–गर्छन् ।यो गीतको भिजुअलमा पनि संवेदना बटुल्न चरित्रको निरीहता देखाउन (दृष्यमा) कमजोर बिम्ब प्रयोग भएका छन् तर ती स्वरैकल्पित–कपोकल्पित होइनन्। सिर्जनात्मक असन्तुष्टिहरु सिर्जनात्मक प्रतिक्रिया मज्जाले ठोक्नु मिल्छ तर धम्की, त्रासको बाटो सर्वथा गलत छ। प्रश्न प्रतिक्रिया, आलोचनाबाट तर्सिने होइन, मनन गरेर गलत मार्गबाट सच्चिने हो है हनुमान मित्रहरु ।’


प्रकाशित: Mar 14, 2022| 12:41 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।