बुधबार, असार ३१, २०८३

केसीका माग सम्बोधन गर्न वार्ता जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-पटक पटकका वार्ता असफल भएपछि बिहीबार फेरि सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीबीचको वार्ता शुरु भएको छ । 

२७ दिनदेखि अनशनरत डाक्टर केसीका माग सम्बोधन गर्न गम्भिर बनेको सरकारले बिहीबारको वार्तालाई निर्णाय बनाउने गरी वार्ता शुरु गरेको जनाएको छ । 

बुधबारको वार्तामा चिकित्सा शिक्षा विधेयकका विषयमा छलफल गर्न सरकारी वार्ता टोलीले आफूहरुलाई म्यान्डेट नभएको बताएपछि कुनै सहमति भएको थिएन ।
 
जसरी पनि केसीको अनशन तोडाउने अभियानमा रहेको सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा रातिपनि डाक्टर केसी पक्षधरसँग छलफल गरिएको र अबको वार्ता निर्णायक बनाउने तयारीका साथ वार्ता शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

डाक्टर केसीको अनशन तोडानका लागि उनले राखेका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री ओलीले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटा तथा माथेमा कार्यदलका संयोजक डाक्टर केदारभक्त माथेमासँग पनि छलफल गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।