काठमाडौं– रूस र युक्रेनबीच आज फेरि वार्ता हुने भएको छ। वार्ता भिडियो कन्फ्रेनिसङको माध्यमबाट हुने तय भएको छ।
वार्तामा युक्रेनको तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलयाकले भाग लिनेछन्। रुस रचनात्मक रुपमा दोस्रो पटक छलफलका लागि तयार रहेको उनले बताए।
राष्ट्रपति जेलेन्स्कीले दैनिक रुपमा नै रुससँग कुराकानी भइरहेको बताएका छन्। रुसले युक्रेनमाथि हमला गरेको आज सोमबार १९ औं दिन हो। हालसम्म युक्रेनका १३ सय सैनिकको मृत्यु भएको बताइएको छ। रुसतर्फ पनि सयौं सैनिकको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।