मंगलबार, असार ९, २०८३

नाचगान गरेर शिक्षकलाई तलब भत्ता

जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

म्याग्दी- धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन्।  

National life

जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पूजामा नाचगान गरेर शिक्षकको तलबभत्ता जुटाउने गरिएको जानकारी दिए।

‘निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि वार्षिक नौ लाख आवश्यक पर्छ’, उनले भने, ‘सो रकम जुटाउन शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले नाचगान गर्छौं।’

विसं २०६८ देखि मावि तह सञ्चालन भएको विद्यालयमा दुई/दुई जना बालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीसहित १५ जना शिक्षक कर्मचारी छन्। मावि तहमा एक जना पुर्ण र चार आंशिक निजी स्रोतका शिक्षक रहेका प्रअ न्याउली छन्त्यालले बताए। 

Shivam cement

‘विसं २०७६ सम्म चार जना पूर्ण निजी स्रोतका शिक्षकका लागि वार्षिक १४ लाख खर्च जुटाउनु पर्दथ्यो’, उनले भने, ‘दुई वर्षदेखि गाउँपालिकाले दुई जना शिक्षकको अनुदान र एक जना दरबन्दी मिलान गरेर पठाएपछि केही सहज भए पनि नाचगान गरेर आर्थिक स्रोत जुटाउनुपर्ने बाध्यता पूर्णरुपमा हटेको छैन।’

नाचगानका अतिरिक्त विद्यालय सञ्चालनका लागि विकास योजनामा काम गरेर ज्यालाबापत पाउने रकमसमेत उपलब्ध गराउने गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष गोर्खा छन्त्यालले बताए। गुर्जामा अल्पसंख्यक छन्त्याल र दलित समुदायको मात्र बसोबास छ। कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा करिब ३०० विद्यार्थी छन्। 

सो विद्यालय गुर्जाको एकमात्र विद्यालय हो। गुर्जा भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ। छिमेकी वडा लुलाङबाट तीन हजार मिटर उचाइको देउराली धुरी छिचोलेर पूरै दिन हिँडेपछि गुर्जा पुग्न सकिन्छ। सडक यातायातको सुविधा छैन। भौगोलिक विकटताका कारण गाउँ बाहिरका शिक्षक आउन नमान्ने र आए पनि छिट्टै सरुवा भएर जाने समस्या छ। 

शिक्षकलाई आकर्षित गराउन गाउँ बाहिरका शिक्षकलाई विद्यालयले आवासीय सुविधा दिएको छ। गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जालाई दुर्गम र विशेष क्षेत्र घोषणा गरेर विकास आयोजनाको दररेट र शिक्षक कर्मचारीलाई अतिरित्त सुविधाको व्यवस्था गर्नुपर्ने बताए।    रासस

प्रकाशित: Mar 14, 2022| 10:03 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।