काठमाडौं- प्रदर्शनमा उत्रिएका चिकित्सकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट प्रदर्शनमा उत्रिएका उनीहरुलार्इ प्रहरीले पक्राउ गरेको हो ।
प्रदर्शनमा उत्रिएका चिकत्सकहरु त्रिवि शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेर नियन्त्रणमा लिएको हो ।
‘प्रहरीले शान्तिपूर्ण रुपमा र्यालीमा रहेका हामीलाई पक्राउ गरेको छ । अहिले हामीलाई पुलिस क्लबमा कोचेर राखेको अवस्था छ,’ रेजिटेन्ट डक्र्टस एसोसिएसनका अध्यक्ष सुमित पाण्डेले भने, ‘हामी निषेधित क्षेत्रमा गएका पनि होइनौं । यहाँ रहेका प्रहरीलाई किन पक्रेको भन्दा हामीलाई थाहा छैन भन्नुहुन्छ ।’
प्रहरीले प्रदर्शनमा रहेकालाई दमन गर्ने क्रममा केही घाइते भएको पनि उनले बताए । ‘प्रहरीसँगको झडपमा केही घाइते भएका छन्,’ पाण्डेले भने, ‘केहीको हातमा चोट लागेको छ । केहीलाई कुर्कुच्चोमा टेक्न नहुने गरी लाठी हानेका छन् ।’
पुलिस क्लब भित्र आफूहरुलाई कोचाकोच गरी राखेको बताउँदै डाक्टर पाण्डेले पाँच बजेपछि छाड्ने बताएपनि किन पक्राउ गरेको भन्ने कारण आफूहरुलाई थाहा हुनुपर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४