शुक्रबार, साउन २९, २०८३

फेदीखोलामा पक्की पुल निर्माण

भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा पक्की पुल बनेको हो।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

तनहुँ- तनहुँको दुई पालिका जोड्ने फेदीखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा पक्की पुल बनेको हो।

भिमाद–५ ऋषिङपाटन र ऋषिङ–८ पल्ट्याङ जोड्ने फेदीखोलामा विसं २०७७ माघदेखि पुल निर्माणको काम सुरु भएको थियो। वर्षायाममा खोला बढेर तर्न गाह्रो हुने ठाउँमा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन्। पुलको प्रदेशको पूर्व मन्त्री किरण गुरुङले शुभारम्भ गर्दै अब यस भेगका जनताले खोला तरेर जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको तीन करोड ५८ लाख ३१ हजार नौ सय ८० को लागतमा फेदीखोलामा पुल निर्माण सम्पन्न भएको हो। पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। २५ मिटर लामो पुलको चौडाइ ८.४ मिटर रहेको छ। छ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४/१.४ को पेटी निर्माण भएको छ।

वर्षायाममा मान्छे बगाउने खोलामा पुल निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको स्थानीयवासी एवं नेकपा एमाले ऋषिङ गाउँ कमिटीका अध्यक्ष गञ्जसिं गुरुङले जानकारी दिए। ‘हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ’, उनले भने, ‘फेदीखोलामा पक्की पुल बनेपछि यहाँका स्थानीयवासीलाई अब सहज भयो।’

फेदीखोला हिउँदको समयमा सुके पनि वर्षायाममा निकै ठूलो हुन्छ। खोला बढेको बेला वारपार गर्न सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। यही खोलाले बगाएर विसं २०७५ जेठमा कक्षा सातमा अध्ययनरत एक बालकको मृत्यु भएको थियो।

ऋषिङका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो। उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्दथे तर पुल बनेपछि अब खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। फेदीखोलामा पक्की पुल बनेपछि भएपछि भीमाद र ऋषिङ हजारौँ सर्वसाधारण लाभान्वित भएका छन्।  रासस

प्रकाशित: Mar 14, 2022| 09:15 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।