काठमाडौं- चिकित्सकको अनुमतिबिना मेडिकल पसलले समेत बेच्न नमिल्ने ड्रमाटोल/ट्रमोडोल औषधि मदिरा पसलले बेच्ने गरेको खुलेको छ ।
नयाँ बानेश्बर प्रहरीले सहयोगीनगर स्थित लक्ष्मी मदिरा पसलबाट ४५० थान ड्रमाटोल/ट्रमोडोल नामको औषधी बिहीबार बरामद गरेको छ ।
निर्धारित मुल्यभन्दा पाँचगुणभन्दा बढि मुल्य लिएर लागुऔषध प्रयोगकर्तालाइ बिक्री गरेको पाइएको हो ।
दुखाई कम गर्ने सो औषधी, लागुऔषधमा प्रयोग भएको थाहा पाएपछि प्रहरीले छामा मारेको थियो।
नयाँ बानेश्वर शंखमुल स्थित भोजराज फार्मेसीबाट मदिरा पसलमा पठाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । औषधी ब्यबस्था बिभाग तथा नेपाल प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन ।
भोजराज फार्मेसीका संचालक र लक्ष्मी मदिरा पसलका संचालकलाई नियन्त्रणमा लिई थप अनुसंधान भैरहेको प्रहरी प्रभाग नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव नायब उपरीक्षक गोबिन्द काफ्लेले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४