शनिबार, फागुन २३, २०८२

चीनमा फेरि कोरोना संक्रमण बढ्न थालेपछि लकडाउन सुरु

चीनका ठूला सहरमध्येको एक शेन्जेनमा आइतबारदेखि लकडाउन लागु गरिएको हो। समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार सहरका सबै बासिन्दा लकडाउनको दायरामा परेका छन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

बेइजिङ- चीनमा पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै ठूला सहरमा लकडाउन सुरु गरिएको छ। 

National life

चीनका ठूला सहरमध्येको एक शेन्जेनमा आइतबारदेखि लकडाउन लागु गरिएको हो। समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार सहरका सबै बासिन्दा लकडाउनको दायरामा परेका छन्।

दक्षिणी चीनको शेन्जेन सहरको जनसङ्ख्या एक करोड ७० लाख छ। चीनमा कोरोना संक्रमितको संख्या दोब्बर बढेर ३४०० नजिक पुगेको छ। चीनले शून्य कोभिड नीतिअनुसार कडाइ गरेको हो। तर पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ।

छिमेकी सहर हङकङ ओमिक्रोनबाट नराम्ररी प्रभावित भएको र यहाँ पनि यससँग सम्बन्धित केस  बढ्दै गएकाले सहरका सबै बासिन्दालाई घरमै बस्न भनिएको छ। नगर प्रशासनले जारी गरेको सूचनामा चैत २० गतेसम्म लकडाउन जारी रहने र यस अवधिमा सार्वजनिक आवतजावतमा रोक लगाउने उल्लेख गरिएको छ।

चीनका धेरै सहरमा सङ्क्रमणका केस बढेका छन् र यसलाई ध्यानमा राख्दै सांघाईका अधिकारीहरूले विद्यालय बन्द गरेका छन् र पूर्वोत्तरका धेरै सहरमा लकडाउन लागू गरिएको छ।

Laxmi sunrise bank
kumari

चीनका १८ प्रान्त ओमिक्रोन र डेल्टा क्लस्टरबाट प्रभावित छन् (एक विशेष क्षेत्र प्रभावित छ)। सन् २०१९ मा चीनमा पहिलोपटक संक्रमण देखिएको थियो र त्यसयता चीनले ‘शून्य कोभिड’ नीतिलाई कडाइका साथ लागु गरिरहेको छ। बीबीसी 

प्रकाशित: Mar 13, 2022| 22:40 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।