किभ- युक्रेनमा एक अमेरिकी पत्रकार ब्रेन्ट रेनउड मारिएका छन्। युक्रेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार आइतबार एक अमेरिकी पत्रकार तथा चलचित्र निर्माता रेनउडको मारिएका हुन्।
एचबीओ, एनबीसी तथा न्युयोर्क टाइम्सलगायतका पत्रिकामा काम गरिसकेका ५० वर्षीय रेनउड युक्रेनको इर्पिनमा मारिएका हुन्। उनको मृत्युको कारण भने स्पष्ट भइ नसकेको बताइएको छ। पछिल्लो समय रुसी सेनाले उक्त क्षेत्रमा निरन्तर हमलाहरु गरिरहेको छ।
युक्रेनी अधिकारीका अनुसार अर्का एक पत्रकार घाइते भएका छन्। युक्रेन आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टोन गेरासेन्कोले एक विज्ञप्ति जारी गर्दै, 'आक्रमणकारीहरुको कपपूर्ण क्रुरता र निर्दयीताका कारण रेनउडले जीवन गुमाउनु परेको छ।'
उनी करिब एक वर्षअघिदेखि द टाइम्सका लागि असाइन गरेको रिपोर्टिङका लागि उक्त क्षेत्रमा रहेको बुझिएको छ। उनको साथबाट टाइम्सको प्रेस ब्याज फेला परेको थियो। - द न्युयोर्क टाइम्स