सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनको सैन्य बेस क्याम्पमा भएको हवाई हमलामा ३५ जनाको मृत्यु

युक्रेनको सैन्य बेस क्याम्पमा भएको हवाई हमलामा ३५ जनाको मृत्यु

रुसी सेनाले आइतबार पोल्यान्डको सीमा नजिकैको युक्रेनी सैन्य प्रशिक्षण मैदानमा हवाई हमला गरेको थियो। उक्त हमलामा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको युक्रेनको पश्‍चिमी क्षेत्र लिभका गर्भनर माक्सिम कोजित्सकीले पुष्टि गरेका छन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

किभ- युक्रेनको सैन्य बेस क्याम्पमा भएको हवाई हमलामा ३५ जनाको मृत्यु भएको छ। रुसी सेनाले आइतबार पोल्यान्डको सीमा नजिकैको युक्रेनी सैन्य प्रशिक्षण मैदानमा हवाई हमला गरेको थियो। उक्त हमलामा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको युक्रेनको पश्‍चिमी क्षेत्र लिभका गर्भनर माक्सिम कोजित्सकीले पुष्टि गरेका छन्। 

National life

यसअघि उनले नौजनाको मृत्यु भएको बताएका थिए। पोल्यान्डको सीमाबाट करिब २५ किलोमिटर नजिकैको क्षेत्रमा ३० रुसी क्रुज मिसाइलले निशाना बनाएको बताइएको छ। 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म एक हजार युक्रेनी सैनिक र झन्डै एक हजार २०० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।  एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन्।

तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए।

रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन पूरा भइसकेको छ। तर, रुसले युद्धविरामको भने कुनै संकेत गरेको छैन। निरन्तरको आक्रमणले मानवीय संकट थप गम्भीर बन्दै गइरहेको छ। - बीबीसी

kumari

प्रकाशित: Mar 13, 2022| 19:58 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।