शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसी आक्रमणविरुद्धको प्रदर्शनका क्रममा १३ जना पत्रकार पक्राउ

रुसी आक्रमणविरुद्धको प्रदर्शनका क्रममा १३ जना पत्रकार पक्राउ

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा भइरहेको विरोध प्रदर्शनका क्रममा १३ जना पत्रकारलाई पक्राउ गरिएको छ। बीबीसीका अनुसार सेन्ट पिटर्सवर्गबाट १३ पत्रकार र अन्य १२ जनालाई पक्राउ गरिएको हो।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

मस्को- युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा भइरहेको विरोध प्रदर्शनका क्रममा १३ जना पत्रकारलाई पक्राउ गरिएको छ। बीबीसीका अनुसार सेन्ट पिटर्सवर्गबाट १३ पत्रकार र अन्य १२ जनालाई पक्राउ गरिएको हो। 

National life

पत्रकार एन्ड्री ओकुले आफ्नो टेलिग्राममा लेखेका छन्, 'हामीलाई पक्राउ गर्नुको कारणबारे बताइएको छैन।' पक्राउ गरिएका सबै पत्रकारहरुले प्रेस लेखिएको भेस्ट लगाएका थिए भने प्रेस कार्डसमेत बोकेका थिए। उनले थपे, 'हामीले लगाएको प्रेसको भेस्ट र प्रेस कार्डबारे कसैले मतलब गरेनन्। उनीहरुको उद्देश्य उक्त प्रदर्शनबारेको समाचार प्रकाशित हुनबाट रोक्नु थियो।' 

रुसले २४ फेब्रुअरीदेखि लगातार युक्रेनमाथि आक्रमण गरिरहेको छ। आक्रमणका क्रममा १३ सयभन्दा बढी युक्रेनी सेना र करिब १२,००० रुसी सैनिकको मृत्यु भएको युक्रेनले दाबी गरेको थियो।

एउटा पत्रकार सम्मेलनमा बोल्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेनेस्कीले शुक्रबारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन्। जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए। 'उनीहरूले [अनुमानित] १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन... संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,' उनले भने।


प्रकाशित: Mar 13, 2022| 19:10 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।