शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • 'राजनीतिक रुपमा पुटिनले युद्ध हारिसके, अब नाटोले निर्णय पुनर्विचार गर्छ'

'राजनीतिक रुपमा पुटिनले युद्ध हारिसके, अब नाटोले निर्णय पुनर्विचार गर्छ'

रुसले आक्रमण गरेको १८ औं दिनमा प्रवेश गर्दा गैरसैनिक युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् भने राजधानी किभका बाह्य भागहरूमा सघन संघर्ष जारी छ।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

किभ- विगत १८ दिनदेखि रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ। आइतबार युक्रेनको पश्‍चिमी सहर लिभिभमा रुसी सेनाले विभिन्‍न सैन्य बेसमा आक्रमण गरेका छन्। पोल्यान्डको सीमा नजिकै रहेको लिभिभ क्षेत्रीय प्रशासनले आक्रमणको पुष्टि गरेको हो। उक्त आक्रमणमा हालसम्म नौ जनाको मृत्यु भएको बताइएको छ। 

National life

१४ फेब्रुअरीदेखि आक्रमण सुरु गरेको रुसी सेनाले हालसम्म देशभर तीन हजार ६८७ युक्रेनी सैन्य बेस क्याम्प ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ। रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्‍कोभलाई उदृत गर्दै रुसी समाचार संस्थाले युक्रेनमा हालसम्म तीन हजार ६८७ युक्रेनी सैन्य बेसहरु ध्वस्त पारेको दाबी गरेको हो। 

रुसले आक्रमण गरेको १८ औं दिनमा प्रवेश गर्दा गैरसैनिक युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् भने राजधानी किभका बाह्य भागहरूमा सघन संघर्ष जारी छ। रुसीले सेनाले मारिऊपोलको पूर्वपट्टि सहरको बाहिरी भाग कब्जा गरेको छ।

रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गरेको दाबी गरिएको छ। पोल्यान्डका राष्ट्रपति एन्ड्रजेज् डुडाले रुसले युक्रेनमा प्रयोग गरेको रासायनिक हतियारले नाटोलाई आफ्नो यसअघिको निर्णयलाई पुनर्विचार गर्न बल पुर्‍याएको बताएका छन्। यसअघि नाटोले रुस-युक्रेन युद्धमा आफूले हस्तक्षेप नगर्ने बताएको थियो। 

उनले भने, 'दोस्रो विश्‍वयुद्धपछि यसरी सैन्य आक्रमण भएको देखिएको थिएन। अवस्था निकै नाजुक हुँदै गइरहेको छ। अहिले पुटिनले रासायनिक हतियार प्रयोग गर्न सक्छन् भने उनले जे पनि गर्नसक्छन् भन्‍नेमा कुनै आशंका छैन।' 

Laxmi sunrise bank
kumari

उनले भने, 'रुसी राष्ट्रपति पुटिनले राजनीतिक रुपमा युद्ध हारिसकेका छन्। त्यसैगरी सैन्यरुपमा उनी यो युद्ध हार्ने दिशामा अग्रसर भएका छन्।' 

युक्रेनी राष्ट्रपतिको चेतावनी

यता युक्रेनी राष्ट्रपिति भोलोडिमिर जेलेन्स्कीले रुसको समर्थन गर्नेहरुलाई चेतावनी दिएका छन्। उनले एक भिडियो सम्बोधन गर्दै रुसी सेनालाई सहयोग गर्ने युक्रेनीहरुलाई आफ्नो सजायको फैसला आफैं सुनाएको बताएका हुन्। राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। 

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन्। जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए। 'उनीहरूले [अनुमानित] १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन... संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,' उनले भने।

किभमा रुसी सेनाको घेराउ

 रुसी सेनाले भने राजधानी किभलाई घेराउ गरेको छ। राजधानी किभको उत्तर, पश्‍चिम र उत्तरपश्‍चिम क्षेत्रमा रुसी सेनाले घेरा हालेको हो। रुसी आक्रमणमा दक्षिण सहर भासिल्किभमा रहेको विमानस्थल पनि ध्वस्त पारेका छन्। शनिवारसम्म रुसी सेना राजधानीबाट २५ किलोमिटर नजिक पुगिसकेको छ।

युक्रेनी राष्ट्रपति जेलेनेस्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले 'किभ' नियन्त्रणमा रहेको र सेना र स्वयंसेवकहरुले सहरको रक्षाका लागि तयारी गरिरहेको बताएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई २०० मिलियन अमेरिकी डलर बराबरको थप हतियार उपलब्ध गराउने घोषणा गरेका हुन्। यसअघि वाशिङ्टनले  ३५० मिलियन अमेरिकी डलर बराबरको हतियार उपलब्ध गराउने बताएका थिए। एक निजी अमेरिकी कम्पनीले शनिवार भूउपग्रहमार्फत् खिचेका तस्बिरहरूले सहरमा आवासीय र नागरिक पूर्वाधारमा व्यापक क्षति भएको पुष्टि गरेको थियो। 

युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेनाले नजिकैको सानो सहर भोल्नोभाखा छोडेको छ। कब्जा गरिएको अर्को सहर मेलिटोपोलमा रुसी सेनाले नगरप्रमुखको 'अपहरण'विरुद्ध सर्वसाधारण नागरिकहरूले गरेको ठूलो विरोध प्रदर्शन सामना गर्नुपर्‍यो।

राष्ट्रपति जेलेन्स्कीले नगरप्रमुखको अपहरणलाई 'युद्ध अपराध'को संज्ञा दिएका छन्। रुसी सेनाले किभनजिकै अवस्थित एउटा गाउँबाट बाहिर जान लागेका महिला र बालबालिकासहितको समूहमाथि गोली चलाएको युक्रेनी अधिकारीहरूको दाबी छ। उक्त आक्रमणमा परी सात जनाको मृत्यु भएको बताइएको छ।

विस्थापितहरुको संख्या निकै उच्च 

रुसी आक्रमण सुरु भएपछि अहिलेसम्म युक्रेनबाट २५ लाख मानिस अन्यत्र गइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ। तीमध्ये १६ लाखभन्दा बढी मानिस शरण खोज्दै पोल्यान्ड पुगेको पोल्यान्डका सीमा सुरक्षाकर्मीले बताएका छन्। युक्रेनबाट मल्डोभा पुग्ने शरणार्थीको सङ्ख्या २,७०,००० पुगेको छ। तीमध्ये १,००,००० जना त्यहीँ बसेको बताइएको छ।

शरणार्थी आउने क्रम जारी रहेको बेला मल्डोभाका प्रधानमन्त्रीले अन्तर्रााष्ट्रिय सहयोगका लागि आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार अहिलेको यो शरणार्थी सङ्कट युरोपमा दोस्रो विश्वयुद्धपछि देखा परेको सबैभन्दा ठूलो हो। यूनिसेफका अनुसार शरणार्थीमध्ये आधाजति बालबालिका र कम उमेरका मानिस छन्।

- बीबीसी र अलजजिराको सहयोगमा

प्रकाशित: Mar 13, 2022| 16:33 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।