सोमबार, कात्तिक ९, २०८३

राजेश हमालले गाए 'गाउँले ठिटो', यस्तो छ भिडियो

अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक भएको छ।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं– अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनयसमेत हमालकै रहेको भिडियो रिलिज गरिएको हो। भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन्।

गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन्। रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ। भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ। उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक विकास दाहाल हुन्।

गीत रिलिज कार्यक्रममा हमालले आफू गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए। विद्यालय जीवन सम्झँदै हमालले भने, ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो। ६ कक्षा पढ्ने बेलासम्म उहाँले अगाडि बोलाएर गाउन लगाउनुहुन्थ्यो। १० कक्षा पुग्ने बेला सम्ममा चाहिँ खै के भयो स्वर नराम्रो जस्तो लाग्यो। त्यसपछि कहिल्यै गाउने कोशिस नै गरेको थिइन। अहिले आएर गीत गाउने प्रयास गरेको हुँ।’

हमालले आफूले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनतपछि गीत तयार भएको प्रष्ट पारे। हमालले आम नेपालीहरुले अपनाउने जीवनशैलीलाई नै अभिनयको औजार बनाएको बताए। उनले भने, ‘मेरो जीवनमा हलो जोतेको अनुभव नै त छैन तर मैले जति पनि चलचित्रमा अभिनय गरेको छु ती सबैमा म कलाकार बनेर आम नेपालीहरुले अपनाउने जीवनशैलीलाई नै अभिनयको औजार बनाएको छु।’

कार्यक्रममा उपस्थित हमालकी पत्नी मधु भट्टराईले राजेशको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताइन्। गीत हेर्दा रमाइलो लागेको बताउँदै उनले यो गीत गाउन आफूले प्रेरित गरेको सुनाइन्। संगीतकार सन्तोष श्रेष्ठले आफूले आजसम्म जम्मा दुईजनाको घरमा आफैंले हार्मोनियम लिएर गएको बताए। राजेश अभिनित म्युजिक भिडियो निर्देशन गरेका देवेन्द्र पाण्डेले उनीसँग ऐतिहासिक काम भएको दाबी गरे। 

प्रकाशित: Mar 13, 2022| 12:43 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।