मंगलबार, भदौ २, २०८३

पार्टीमा एमसीसीमा सहमति जुटेन भने राजीनामा दिन्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे थप छलफल पार्टीले स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने बताएका छन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे थप छलफल पार्टीले स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने बताएका छन्।

आज प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणका लागि विराटनगर पुगेका प्रचण्डले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै भने, ‘स्थानीय चुनावपछि एमसीसीबारे फेरि छलफल गर्छौं। हाम्रो पार्टीभित्र एमसीसीबारे एकै मत छैन। चुनावसम्म यो विषयलाई एउटा अपिलमार्फत एउटै भाषा बनाउने र निर्वाचनपछि फेरि छलफल चलाउने भन्ने छ।’

त्यसबेला एमसीसीबारे छलफल गर्दा पार्टीबाट फेल भयो भने के गनुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रचण्डले फेल भए पार्टीबाट राजीनामा दिने बताए। ‘फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुस्,’ उनले भने।

एमसीसी माओवादीको पनि समर्थनमा प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको छ तर माओवादीभित्र केही नेताहरूले यसको विरोध भने जारी नै राखेका छन्।


प्रकाशित: Mar 13, 2022| 12:06 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...