रसुवाः रसुवामा वर्षासंगै गएको पहिरोले प्रहरी पोष्टसहित ३ घर बगाउदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ५ जना वेपत्ता भएका छन् ।
रसुवाका प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार बुधबार राती करिब १२ बजे तिर पहिरोले प्रहरी पोष्टसहित संगै रहेको ३ घर पुरेको हो । पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी कार्य तिब्र पारिएको छ भने अझै उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।
प्हिरोबाट ४ जनाको शव निकाले पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ । पहिरोले ३ वटा कच्चि घर बगाएको छ भने एउटा पक्की घर पुरेको छ । यस्तै पहिरोले ३ वटा कन्टनरसहित ५ वटा सवारी साधन पनि पुरेको प्रहरी प्रमुख तामाङले नेपाल समयलाई जनाकारी दिए ।
घटनास्थल सदरमुकामबाट २५ किलोमिटर टाढा पर्छ। सदरमुकामबाट टिमुरे जाने बाटोको ठाउँ ठाउँमा पहिरो खसेकाको छ । अहिले प्रहरी प्रमसख डिएसपी तामाङसहितको टोली घटनास्थल पुगेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४