काठमाडौं- रुस र युक्रेनबीच १७ दिनदेखि युद्ध जारी छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेयता करिब १३ सय युक्रेनी सैनिकको मृत्यु भएको जनाएका छन्।
रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गरिरहेको छ। रुसी सैनिकले राजधानी किएभलाई घेराबन्दीको प्रयास गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघले युक्रेनमा अहिलेसम्म ५७९ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ। यस्तै एक हजार दुईजना घाइते भएका छन्।