बुधबार, असार १०, २०८३

विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ

नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुपदार्थसहित ११ जनालाई पक्राउ परेको छ। काठमाडौं उपत्यकाबाट मात्रै ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले उपत्यकाबाहिरका स्थानबाट ७ जनालाई नियन्त्रणमा लिएको हो।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुपदार्थसहित ११ जनालाई पक्राउ परेको छ। काठमाडौं उपत्यकाबाट मात्रै ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले उपत्यकाबाहिरका स्थानबाट ७ जनालाई नियन्त्रणमा लिएको हो। 

National life

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ७० ट्याब्लेट सहित कैलाली टिकापुर नगरपालिका-७ बस्ने २७ वर्षीय किरण साउदलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ८८६४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

यसैगरी काठमाडौंका विभिन्न स्थानबाट करिब २९ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-७ घर भएका २५ वर्षीय रोमन भण्डारी, कागेश्वरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर भएका २५ वर्षीया प्रज्ञा कार्की, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-४ घर भएका ३८ वर्षीय राजेश नेपाल र काठमाडौं महानगरपालिका-३२ बस्ने भारत पश्चिम बंगाल मेदनापुर देवराथाना बहादुरग्राम घर भएका २९ वर्षीय मिजाहिद राजा रहेका छन्। 

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रोमन र प्रज्ञाको कोठाबाट २९ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु तथा नगद १ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको थियो। थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न मिजाहिद राजालाई १ सय मिलिग्राम उक्त पदार्थ र राजेश समेतलाई पक्राउ गरेको हो। उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यस्तै झापा, मेचीनगर नगरपालिका-६ मेचिपुल छेउबाट करिब ८ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कमल गाउँपालिका-६ बस्ने ३४ वर्षीय दिपेन्द्र भण्डारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दिपेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

Shivam cement

उदयपुर, बेलका नगरपालिका-१ आम्बासीस्थित सडकबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित  चौदण्डीगढी नगरपालिका-४ संगम टोल बस्ने ३१ वर्षीय भुषण राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्र.३-०२-०१२ प ७०७७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

सुनसरी, इनरुवा नगरपालिका-४ बसपार्कबाट करिब ९६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेहरूमा कोशी गाउँपालिका-८ बस्ने २२ वर्षीय मिथुन कुमार यादव र सोही गाउँपालिका-८ भण्टाबारी बस्ने १९ वर्षीय प्रमोद कुमार सरदार रहेका छन्। विआर ३८ एस ०६२३ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेबाट करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाशा गाउँपालिका-३ र सोही गाउँपालिका-९ बस्ने २ जना किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। नामटारबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ४०२४ नम्बरको बसलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 12, 2022| 18:08 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।