शुक्रबार, साउन २९, २०८३

बर्डफ्लु सन्त्रास : सीमानाका साँगामा उच्च सतर्कता

उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात-निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपाकिला-१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ।  

उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात-निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइएको र भोलि आइतबारदेखि थप सतर्कताका योजना सञ्चालन गर्छौँ।’ 

उनका अनुसार जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बनेपा नगरपालिका तथा प्रहरीको संयुक्त टोलीद्वारा सीमानाका साँगामा बर्डफ्लु पशुपक्षीलगायत सामग्री परीक्षण भइरहेको हो। साँगामा रात्रिकालीन अवस्थामा परीक्षणका लागि आजैदेखि थप जनशक्ति व्यवस्थित गरिने भएको छ। 

जिल्लाको दक्षिण-पूर्वी नाका बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मंगलटारमा पंक्षी जाँच केन्द्र स्थापना गरिएको र जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा पनि उच्च सतर्कता अपनाइने प्रजिअ पाण्डेले जानकारी दिए।

राजधानी काठमाडौंसहित केही जिल्लामा बर्डफ्लु देखिएपछि उपत्यकाको पूर्वी नाका तथा जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको हो। 

पनौती र बनेपा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिक रुपमा कुखुरा, कालिज तथा अन्य पक्षीपालक कृषकसँग उक्त महामारी रोगबारे अन्तरक्रिया गर्नका साथै  विभिन्न स्थानको नमूना परीक्षण गर्दा बर्डफ्लु नेगेटिभ रिपोर्ट आएको जनाएका थिए। 

केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईंले पक्षी पालिएको खोर सधैँ सफा राख्दै निसंक्रमण गर्नुपर्ने र सम्बद्ध व्यक्तिले मास्क, बुट र पञ्जा अनिवार्य लगाउनुपर्ने बताए। गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु त्यसयता चितवन र संघीय राजधानी काठमाडौं भक्तपुरमा देखिएको थियो  

प्रकाशित: Mar 12, 2022| 19:10 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।